Logo

मेचीनगर पत्रकारिता पुरस्कार निरौला र प्रोत्साहन पुरस्कार आचार्यलाई



मेचीनगर, २२ साउन । प्रेस क्लब मेचीनगरले पाँचौ वार्षिक अधिवेशन तथा साधारण सभाको अवसरमा दुई जना पत्रकारलाई सम्मानित गरेको छ ।

शनिबार काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा सम्पन्न साधारण सभामा मेचीनगर पत्रकारिता पुरस्कारबाट क्लबका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला सम्मानित भएका छन् ।

निरौला नगद ११ हजार १११ रुपैयाँसहित सम्मानित भएका थिए ।

त्यस्तै मेचीनगर प्रोत्साहित पत्र पुरस्कारबाट उदयमान पत्रकार युवराज आचार्य सम्मानित भएका छन् । उनले नगद ५ हजार ५५५ रुपैयाँसहित सम्मानित भएका हुन् ।

उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मिना उप्रेतीले वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्