
मेचीनगर, ७ जेष्ठ । मेचीनगर नगरपालिका वडा नं.११ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
एमालेबाट वडाध्यक्षका उम्मेदवार रुद्रप्रसाद डाँगीसहित प्यानल नै विजयी भएको हो ।
डाँगीले उनका निकटतम् प्रतिद्वन्द्वी शान्तिराम चिमरियालाई हराउँदै विजयी बनेका हुन् । डाँगीलले १ हजार ३१३ मत प्राप्त गर्दा चिमरियाले १ हजार ५४ मत ल्याएका छन् ।
त्यस्तै खुला महिला सदस्यमा विष्णु गौतम तथा खुल्ला सदस्यमा श्याम शिवाकोटी र शक्ति थेबे निर्वाचित भएका हुन् ।
त्यसैगरी महिला दलित सदस्यमा एमालैबाट कल्पना सुन्दास यस अघि नै निर्विरोध निर्वाचित भएकी थिइन् ।







