Logo

मेचीनगर-१२ मा निःशुल्क आँखा शिविर: तीन सय बढीले लिए सेवा



मेचीनगर, १८ वैशाख । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा नि:शुल्क मोतिविन्दु, जलविन्दु र टेलिजियम शल्यक्रिया शिविर सोमबार सम्पन्न भएको छ ।

दुर्गा चन्द्र मेमोरियल ट्रष्टको आयोजना, मेचीनगर नगरपालिकाको आर्थिक सहयोग र मेची नेत्रालय आँखा अस्पतालको प्राविधिक सहयोगमा माधव संस्कृत विद्याश्रममा सम्पन्न शिविरमा ३१६ ले आफनो आँखाको जाँच गराएका थिए ।

मेची नेत्रालय आँखा अस्पताल काँकडभिट्टाका नेत्र अधिकृत योगेन्द्र राउतको नेतृत्वको टोलीले आँखाको परीक्षण गरेको थियो ।

यसैबीच आँखा चेकजाँचका क्रममा ९ जनालाई मोतीविन्दुको समस्या देखिएकाले उनीहरुलाई आँखाको अप्रेसनका लागि मेची नेत्रालयमा बोलाइएको डाक्टर राउतले बताए ।

उक्त शिविरमा ४० जनालाई नि:शुल्क चस्मा वितरण गर्नुका साथै ५० जना भन्दा बढीमा आँखामा समस्या देखिएकाले औषधीसमेत प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्