Logo

मेचीनगर-१२ मा नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रम सुरु



मेचीनगर, ४ फागुन । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रम सुरु भएको छ ।

मेचीनगर नगरपालिकाको आयोजना तथा मेचीनगर-१२ र आधारभूत स्वास्थ्य केन्द्र मेचीनगर-१२ को संयोजन तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, केएचडीसी नेपाल र जेनेभा युनिभर्सिटी हस्पिटलको प्राविधिक सहयोगमा सुरु भएको शिविर १४ दिनसम्म सञ्चालन हुने मेचीनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष मुधुसुदन निरौलाले जानकारी दिए ।

वरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ प्रा.डा संजिवकुमार शर्माको नेतृत्वमा सञ्चालित केएचडीसी कार्यक्रम अन्र्तगत उक्त शिविरमा मृगौला, उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी रोगको चेकजाँच तथा परामर्श प्रदान गरिने मेचीनगर नगरपालिका वडा नं.१२ का वडा सदस्य मनोज खरेलले बताए ।

आजबाट सुरु भएको उक्त शिविरमा पहिलोे दिन ६६ जनाले स्वास्थ्य जाँच गराएका आधारभूत स्वास्थ्य केन्द्र मेचीनगर-१२ की प्रमुख सृजना अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्