Logo

मेचीनगर-१२ मा फगर मेसिनबाट विषादी छर्कन सुरु



मेचीनगर, ८ असोज । डेंगुको रोकथाम तथा नियन्त्रणका लागि मेचीनगर नगरपालिका वडा नं.१२ ले फगर मेसिनबाट विषादी छर्कन थालेको छ ।

शनिबारबाट वडाका विभिन्न स्थानहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी गरेको वडा सदस्य मनोज खरेलले जानकारी दिए ।

संक्रमणलाई वडा भित्र फैलिन नदिन फगर मेसिनबाट किटनाशक औषधी छर्न सुरु गरिएको वडाध्यक्ष मधुसुदन निरौलाले बताए ।

लामखुट्टेको टोकाइबाट डेंगु हुने भएकाले त्यसबाट जोगिन आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । डेंगुको भाइरसबाट संक्रमणित लामखुट्टेको टोकाइले यो रोग एक जनाबाट अर्कोमा सर्छ ।

प्रतिक्रिया दिनुहोस्