Logo

मेचीनगर-१२ मा लेखा सम्बन्धी तालिम सुरु



मेचीनगर, २९ जेठ । मेचीनगर नगरपालिका वडा नंं.१२ मा दुई दिने लेखा सम्बन्धी तालिम सुरु भएको छ ।

मेचीनगर नगरपालिका वडा नंं.१२ को आयोजनामा आजबाट सुरु भएको तालिममा टोल विकास संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सहभागिता रहेको छ ।

मेचीनगर-१२ का वडाध्यक्ष मधसुदन निरौलाको अध्यक्षतामा सुरु भएको तालिम उद्घाटन समरोहमा कार्यपालिका सदस्य अमित खम्बू, वडा सदस्यहरु मिना लामा, मनोज खरेल, विशुलाल मेचे लगायतको उपस्थिति रहेको थियो ।

उक्त तालिमको सहजीकरण होमनाथ उप्रेती र मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले गर्ने छन् ।

वडा सदस्य कृष्णमाया बराइलीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव चित्रकला राईले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्