मेचीनगर, ५ जेष्ठ । मेचीनगरमा नेकपा माओबादी केन्द्रले खाता खोलेको छ । माओबादीले वडा नं.१४ बाट खाता खोलेको हो ।
वडा नं.१४ को अध्यक्ष पदमा गठबन्धनका उम्मेद्वार बाबुलाल सुब्बा विजयी भएका छन् । उनले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका शंकर पोखरेललाई हराउँदै विजयी भएका हुन् ।
पोखरेल निवर्तमान वडाध्यक्ष समेत रहेका छन् । २०७४ को चुनावमा सुब्बा पोखरेलसँग पराजित भएका थिए ।