मेचीनगर, ५ जेष्ठ । मेचीनगर नगरपालिकाको जारी मतगणनामा अहिले विहान दुई वटा वडाको अन्तिम नतिजा आएको छ ।
जसमा वडा नं.२ र ३ को मतगणना सकिएको छ । दुवै वडाका अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।
वडा नं.२ मा एमालेका दिपक बराल र वडा नं.३ मा एमालेकै हर्क बस्नेत विजयी भएका हुन् ।