झापा, ६ चैत । मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियु अध्यक्षमा अनेरास्ववियुका सन्देश धमला निर्वाचित भएका छन् ।
उनले नेपाल विद्यार्थी संघका किशोर ढुंगानालाई १३० मतको अन्तरले पराजित गरेका हुन् । धमलाले ९६० मत ल्याउँदा ढुंगानाले ८३० मत पाएका छन् ।
त्यस्तै सचिवमा अनेरास्ववियुकै विदन राई विजयी भएका छन् । राई १ हजार २३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेविसंघका भिष्म घिमिरेले ९३३ मत पाएका हुन् ।
त्यस्तै कोषाध्यक्षमा नेविसंघकी निलम कार्कीले ११५८ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी अनेरास्ववियुका अनिल चौहानले ७२७ मत प्राप्त गरेका छन् ।
त्यस्तै अनेरास्ववियुले दुई वटा सदस्य जित्दा नेविसंघले पाँच वटा सदस्य पद जितेको छ । अनेरास्ववियुका तर्फबाट अनुषा भण्डारी ९३६, उद्देश्य भण्डारी १०७७ तथा नेविसंघका तर्फबाट सौरभ ओस्ती ९७२, प्रजिन खतिवडा १००४, भिमार्जुन गिरी ९४३, प्रतिक शाह रौनियार १००१ र विवेक ढकाल ९६५ मत ल्याई निर्वाचित भएका हुन् ।







