Logo

मेची नदीले बगाएर बेपत्ता युवकको शव भेटियो



झापा, १४ भदौ । मेची नदीले बगाएर बेपत्ता भएका युवकको शव भेटिएको छ ।

सोमबार दिउँसो साढे ४ बजे नदीले बगाउँदा बेपत्ता भएका भद्रपुर नगरपालिका वडा नं.३ रंगिलाचोक निवासी भूपाल भुजेलका १८ वर्षीय छोरा सामुएल भुजेलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

भद्रपुर- ४ स्थित नर्सिङ बगान नजिकैबाट मेची नदी पौडिएर भारत जान खोज्दा सामुएललाई नदीले बगाएको थियो । उनको शव घटनास्थलदेखि ७ किलोमिटर दक्षिण भद्रपुर-३ दोभानमा आज बिहान फेला परेको डीएसपी पाठकले बताए ।

सामुएलसँगै उनका साथी पनि गएका थिए । दुवै जना नदीमा पौडी खेलेर भारततर्फ जान लाग्दा एक जनालाई बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्