Logo

मेची प्रादेशिक अस्पतालभित्रै कर्मचारी मृत भेटिए



काठमाडौँ, १६ साउन । मेची प्रादेशिक अस्पतालमा एक जना कर्मचारी मृत भेटिएका छन् । भद्रपुरको प्रशासनिक भवनभित्र २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट शर्मा झुन्डिएको अवस्थामा बुधवार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर नगरपालिका–१० निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तल्लाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेका थिए । सीसी टिभी फुटेज हेर्दा शर्मा गएराती करिब १० बजे सो कोठाभित्र एक्लै प्रवेश गरेको देखिएको छ । उनले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको अनुमान छ । आज बिहान सरसफाई कर्मचारीले कोठाभित्र शव देखेपछि होहल्ला गरेका थिए ।

त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्