Logo

मेची भन्सारको राजश्व १३ अर्ब नाघ्यो, लक्ष्यको करिब ७० प्रतिशत संकलन



झापा, १९ वैशाख । झापास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म १३ अर्ब १४ करोडभन्दा बढी राजश्व संकलन गरेको छ। यो रकम वार्षिक लक्ष्यको करिब ६९.८३ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा कुल १८ अर्ब ८७ करोडभन्दा बढी राजश्व उठाउने लक्ष्य तय गरिएको छ। चैत महिनामा मात्रै १ अर्ब ६० करोडभन्दा बढी राजश्व संकलन भएको छ, जुन सो महिनाको लक्ष्यको करिब ९४.६९ प्रतिशत हो।

कार्यालयका तथ्यांकअनुसार साउनदेखि फागुनसम्म हरेक महिनामा एक अर्बभन्दा बढी राजश्व संकलन भएको देखिन्छ। विभिन्न महिनामा संकलन दर उतारचढाव भए पनि समग्रमा लक्ष्यतर्फ प्रगति भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्