काठमाडौं, २४ पुस । मेडिलक व्यवसायी दुर्गा प्रसाईं विरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ ।
बुधवार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवालले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गराउनु भएको हो ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं सहित पाँचथर घर भएका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भएर बिर्तामोड बस्दै आएका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको छ ।