ललितपुर, ६ वैशाख । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूले फेरि मेयरको टिकट पाउने बताएका छन् ।
मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मेयर महर्जनले यस्तो बताएका हुन् ।
मेयर महर्जनले गठबन्धनले गरेको भागबन्डा आफूहरूले मान्ने पनि बताएका छन् । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरूलाई नछोड्ने उनको भनाइ थियो ।
उनले ललितपुर महानगरपालिकामा मेयरको उम्मेदवार आफु भएको पनि बताए । आफुले नै मेयरको टिकट पाउने उनले दाबी गरेका थिए ।