Logo

मेयर शाहकाे बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत



काठमाडौँ, २४ जेठ । सरकारले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमणलाई स्वीकृत गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले मेयर शाहलाई बेल्जियमको ब्रसेल्समा आयोजना हुने कार्यक्रममा सहभागी हुन जान दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्माले जानकारी दिए ।

मेयर शाह आउँदो जेठ २९ देखि ३२ गतेसम्म ब्रसेल्समा आयोजना हुने मेट्रो पुलिस वर्ल्ड कंग्रेस र अर्बन समिटमा भाग लिन जान लागेका हुन् ।

यस्तै मन्त्रिपरिषद् बैठकले विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेस गर्नेलगायतका निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्