काठमाडौँ, २१ चैत । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेको मेयर नेतृत्वको टोलीले धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै आवश्यक बजेट छुट्याउन माग गर्दै ज्ञापनपत्र पेश गरेको हो ।
आगामी आर्थिक वर्षको बजेटमा कोशी नदीबाट धरानमा खानेपानी झार्ने योजना समेटिदिन माग गरिएको छ । उक्त योजनाका लागि खानेपानी डीपीआर तयार भइसकेको भन्दै अब बाँकी कामका लागि बजेट विनियोजन गर्न माग गरिएको छ ।
मेयर साङपाङसहितको टोलीले आजै अन्य तीन मन्त्रीलाई पनि छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएको छ । शिक्षामन्त्री अशोक राई, शहरी विकासमन्त्री सीता गुरुङ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई भेटेको हो ।