Logo

मेराे त अर्काे चुनाव आउँदैछ: गगन थापा



काठमाडौँ, १४ मंसिर । नेपाली कांग्रेसमा महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन् ।

प्रधानमन्त्री बन्ने तयारीमा रहेएका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागिपरेको बताएका हुन् ।

महिला सुरक्षा दबाब समूह, नेपालले बुधबार काठमामाडौँ आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भोलिसम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गर्दै त्यसपछि भने सम्पूर्ण रुपमै संसदीय दलको नेता चयन हुने निर्वाचनमा जुट्ने योजनामा आफू रहेको बताए ।

महामन्त्री थापाले केही दिनभित्र नयाँ मन्त्रिपरिषद बन्नेसमेत बताए । उनले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुनेगरी कानुन निर्माण गर्न आफू प्रतिबद्ध भएर लागिपर्ने आश्वासन पनि दिए ।

महामन्त्री थापाले भने, ‘अस्ति मलाई निम्तो गर्न आउँदाखेरी पनि म यो कार्यक्रमबाहेक अन्य कार्यक्रमहरुमा आउँछु भन्ने अवस्था नै थिएन । शुक्रबारसम्म हामी धन्यवादको कार्यक्रम सकौँ । त्यसपछि अरु काममा जुट्नु पर्नेछ । मेरो त अर्को चुनाव आउँदैछ । मैले त्यो काममा केन्द्रित हुनुछ । केही दिनमा नयाँ मन्त्रिपरिषद बन्छ । हाम्रो कानुनमा मन्त्रीपरिषद भित्र महिलाको प्रतिनिधित्व यति हुनैपर्छ भनेर बोलेको छैन । अब संसदमा र मन्त्रिपरिषदमा महिला सहभागिता बढाउन निर्वाचन कानुन बदल्न सुरु गरौं । म अहिल्यै भन्न सक्छु-मन्त्रीपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुने कानुन हामीले बनाउनै पर्छ ।’

प्रतिक्रिया दिनुहोस्