Logo

मेरै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ: महामन्त्री थापा



काठमाडौँ, २३ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको वर्तमान आवश्यकता भएको बतएका छन् ।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर सम्मेलनमा आज उनले भने, “म फेरि संसदीय दलको नेता बदल्ने कुरामा लाग्छु, सके म प्रधानमन्त्री बन्छु नसके मेरो पुस्ताको कसैलाई प्रधानमन्त्री बनाउँछु ।”

उनले कांग्रेसलाई बदल्नका लागि आफू लागेको स्पष्ट पारेका थिए । “हामी कांग्रेसमा छौँ, कांग्रेसलाई बदल्नका लागि लाग्नुपर्छ, कांग्रेस बदल्नका लागि मैले संसदीय दलको नेतामा उम्मेदवारी दिएको हुँ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्