Logo

मेरो काम हेर्न अझै केही दिन धैर्य गर्नुस्: गृहमन्त्री लामिछाने



काठमाडौँ, २५ फागुन । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो काम हेर्न केही दिन धैर्य गर्न आग्रह गरेका छन् ।

मन्त्री भएको पर्सिपल्ट आज पहिलोपटक सामाजिक सञ्जालमा उनले आफू केही समय आन्तरिक तयारीमा रहेको जानकारी गराएका हुन् ।

शिवरात्रि, नेपाली सेना दिवस तथा नारी दिवसको शुभकामना दिँदै उनले आफू योजनासहित पदमा फर्केको दाबी गरेका छन् । “चेक लिस्ट“ सहित आएका छौँ । ‘कम्प्रोमाइज’ हुन्न । केही समय “होम वर्क“ मा रहनेछौँ ।’ गृहमन्त्री लामिछानेले फेसबुकमा लेखेका छन् ।

यसअघि पुस १० गते भएको सत्ता समीकरणमा हालकै पदमा ४२ दिन रहँदा लामिछानेले गृह मन्त्रालयबाट डेलिभरी दिनेगरी काम सुरु गरेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्