काठमाडौँ, २९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एक भाइ रहेको र उ वडा कमिटीमा रहेर काम गरिरहेको बताएका छन् ।
राजनीतिमा नातावादको चरम असन्तुष्टि बढिरहँदा अध्यक्ष ओलीले नेकपा एमाले त्यस्तो पार्टी नभएको उल्लेख गर्दै भने, ‘मेरो एक जना भाइ छ, उ अहिले भद्रपुरमा हलो जोतेर आफ्नो जिविका चलाएर बसेको छ उ अहिले वडा कमिटीमा संगठित रहेको छ ।’ उनले आफ्नो श्रीमती पनि राजनीतिमा नआउने उल्लेख गरेका छन् ।
काठमाडौँमा भएको एक कार्यक्रमा अध्यक्ष ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै आफ्नो पार्टी छोरी, बुहारी, ज्वाईं र अन्य कुनैलाई पनि पार्टीका शीर्ष तहमा ल्याउने पार्टी एमाले नभएको उल्लेख गरेका हुन् ।
यस्तै उनले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए ।







