Logo

‘मेलम्चीको बाढीपीडित पनि नेपालकै होलान् नि, बजेटको आँखा किन परेन?’



काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा मेलम्ची बाढीपीडित सरकारको आँखामा नपरेका बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेट माथिको छलफलमा बोल्दै उनले मेलम्ची बाढीपीडितको समस्या बजेटमा सम्बोधन नभएको उल्लेख गरेका छन् ।

“किन मेलम्चीको बाढी सरकारको आँखामा पर्दैन? त्यो पनि नेपालमै पर्छ होइन र? मेलम्ची खानेपानीको पनि मुहान क्षेत्र होला नि त,” उनले भने, “नीति तथा कार्यक्रमदेखि हेर्दै आए कहीँ सम्बोधन हुँदैन । यसको बारेमा बोलियोस् ।”

प्रतिक्रिया दिनुहोस्