सिन्धुपाल्चोक, ५ साउन । गएरातिको वर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची-हेलम्बु सडक खण्डको ठाउँ-ठाउँमा सडक बगाएको छ । यसले गर्दा त्यहाँ यातायात सेवा अवरुद्ध भएको छ ।
बाढीले हेलम्बुको चनौटेमा गएको वर्षको बाढीपछि बनाइएको सडक बगाएको स्थानीय बलसित खड्काले जानकारी दिए ।
यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए । गएराति ठूलो वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका स्थानीय बासिन्दा रातभर घर बाहिर बसेका थिए ।







