Logo

मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई हरायो



काठमाडौं, १ मंसिर । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले हराएको हो । दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो खेलमा जित हासिल गरेको हो ।

डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा भएको खेलमा नेपालका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले एक(एक गोल गरे । दुवै गोल‌ दोस्रो हाफमा भएको थियो ।

जिलेस्पीले दोस्रो हाफको सुरुवातमै गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमै रोहितले गोल थपे ।

रोहितले नेपालका लागि करियरकै पहिलो गोल गरेका हुन् । उनले डेब्यू गरेको १५ वर्षपछि नेपालका लागि गोल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्