झापा, २३ साउन । छोराले चलाएको मोटरसाइकलबाट झरेर बुद्धशान्तिमा एक बृद्धाको मृत्यु भएको छ ।
आइतबार साँझ बुद्धशान्ति गाउँपालिका-२ रबर बगानस्थित भित्री सडकखण्डमा जयपुरबाट शनिश्चरेतर्फ जाँदै गरेको प्र-१-०१-०१५ प २५३४ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा अर्जुनधारा नगरपालिका-७ नारायण चोककी बस्ने ६२ वर्षिया लक्ष्मीमाया कार्कीको मृत्यु भएको हो ।
छोरा ४४ वर्षिय सुमन कार्कीले चलाएको मोटरसाइकलको पछाडि उनी बसेकी थिइन् । टाउकोमा चोट लागेर गम्भीर घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।
मोटरसाइकल चालक सुमन सकुशल रहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






