काठमाडौँ, १८ कार्तिक । काठमाडौँको अनामनगरमा बिहीबार बेलुका भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
हिजो बेलुका ६ बजेतिर प्रदेश-३०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अनामनगर बस्ने ३२ वर्षकी आस्था सुब्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा काठमाडौँ मोडल अस्पतलामा बेलुका पौने सात बजे मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलका चालक घाइते भएका छन् । उनको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।






