Logo

मोटरसाइकलसहित यादवको शव पुलमुनि फेला



सप्तरी, २६ फागुन । कुनौली-राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एक बेवारिसे पुरुषको शव फेला परेको छ ।

जिल्लाको राजविराज नगरपालिका-१६ बस्ने राजेशकुमार यादवलाई पुलमुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

पुलमुनि मधेस प्रदेश ३०६१ नंको मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सकिने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । कुन कारणले कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन तर घटनाका बारेमा प्रहरीले अनुसन्धान थालिएको छ ।

पुलको तल शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएपछि परीक्षणका लागि शव राजविरजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्