झापा, १८ जेठ । दमकमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ-५ बस्ने २१ वर्षिय चन्द्रकुमार योङया र सोही ठाउँका २० वर्षिय सुरेन्द्र भन्ने जीवन कुरुवाङ रहेका छन् ।
जेठ १३ गते दमक-६ स्थित नेपालीरिका होटल अगाडी पार्किङ गरी राखेको वडा नं.४ बस्ने सुमन खड्काको मे ११ प ५५१२ नम्बरको पल्सर मोटरसाईकल चोरी भएको थियो । खोजतलास गर्ने क्रममा शंखधर चोकमा योङया र कुरुवाङले चलाईरहेको अवस्थामा फेला पारी दुवैलाई नियन्त्रणमा लिइएको थियो ।
उनीहरुलाई अनुसन्धान गर्ने क्रममा थप तीन वटा मोटरसाइकलहरु विभिन्न स्थानबाट चोरी गरेको भनी खुल्न आएको थियो । ती मोटरसाइकलहरु समेत खोजी गरी ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भेटिएका मोटरसाइकलहरुमा प्र.१-०१-०१५ प ८६९० नम्बरको पल्सर मोटरसाईकल रहेको छ । जुन जेठ ९ गते गायत्री बोर्डिङ अगाडी पार्किङ गरी राखेको अबस्थामा हराएको थियो । दमक-५ बस्ने ४१ वर्षिय सविन राईको सो मोटरसाइकल जेठ १४ गते पाँचथर मिक्लाजुङ ७ लुमाङदिममा फेला परेको हो ।
त्यस्तै ईलाम चुलाचुली-८ बस्ने ३३ वर्षिया भिमा अधिकारीको प्र.१-०१-०१४ प १२४० नम्बरको पल्सर मोटरसाईकल जेठ ६ गते नेपालीरिका होटल अगाडीबाटै हराएकोमा जेठ १५ गते पाँचथर मिक्लाजुङ ४ रबिमा फेला परेको हो ।
त्यसैगरी दमक-३ बस्ने ३० वर्षिय खेमराज गुरागाईको मे ८ प ९२९७ नं. को पल्सर मोटरसाईकल जेठ ३ गते दमक-६ स्थित नमुना मार्केटबाट हराएकोमा जेठ १५ गते पाँचथर मिक्लाजुङ-७ मौवामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।