दमक, ३० असार । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका इलाम, चुलाचुली गाउँपालिका–३ पेल्टिमारीका ३१ वर्र्षीय नवीन गिरीको उपचारका क्रममै मृत्यु भएको छ ।पूर्व–पश्चिम राजमार्गको झापाको कमल गाउँपालिका – ५ स्थित सीतापुरी सडकखण्डमा यही असार २७ गते साँझ ७ बजेतिर मोटरसाइकलमा सवार गिरी साइकलसँग जुधेर दुर्घटनामा परेका थिए ।
उनलाई घटनास्थलबाट स्थानीयवासीले उद्धार गरी दमकको आम्दा अस्पतालमा पु¥याएका थिए । टाउकोमा चोट भएको उनको आम्दामा उपचार हुन नसकेपछि थप उपचारका लागि परिवारले विराटनगरस्थित न्युरो अस्पताल पु¥याएका थिए । त्यहाँ उपचारका क्रममा गएराति मृत्यु भएको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेकी साइकलमा सवार एक महिलाको समेत सोही अस्पतालमा उपचार भईरहेको छ ।







