Logo

मोटरसाइकल दुर्घटनामा दाङमा चालकको ज्यान गयो



दाङ, ६ फागुन । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

घोराही उपमहानगरपालिका-१८ कालिका टोलमा रा ७ प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा रूकुम पूर्व भुमे गाउँपालिका-१ निवासी २७ वर्षीय आदर्श पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिएका हुन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मल्लले जानकारी दिए । उनका अनुसार मोटरसाइकलमा सवार सोही ठाउँ निवासी ३५ वर्षीय रामकुमार पुन गम्भीर घाइते भएका छन् ।

पुनको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्