झापा, २४ माघ । झापाको कनकाई नगरपालिका वडा नं. १ बिमल चौतारा स्थित दुर्गापुरबाट खुदुनाबारी जाने भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीबार अन्दाजी १२ बजे भएको दुर्घटनामा परी बिर्तामोड-५ निवासी २४ वर्षीय सुमित साहको मृत्यु भएको हो ।
दुर्गापुरबाट खुदुनाबारीतर्फ जादैं गरेको मे.१० प २६२४ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक बिर्तामोड नगरपालिका वडा नं. ५ बस्ने बर्ष अन्दाजी २८ को सिद्धार्थ साह र सोही मोटरसाईकलमा पछाडी सवार सोही स्थान बस्ने बर्ष २४ को सुमित साह घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाली जनाएको छ ।
उनीहरूलाई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा सुमित साहको उपचारको क्रममा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।