Logo

मोटरसाइकल दुर्घटना हुँदा दिदीभाइको मृत्यु



रुपन्देही, १३ भदौ । तिलोत्तमामा सवारी दुर्घटना हुँदा दिदीभाइको मृत्यु भएको छ।

ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाँणका अनुसार तिलोत्तमा-३ शंकरनगरकी १२ वर्षीया समीक्षा खराल र उनका भाइ सात वर्षीय सुग्रीमको मृत्यु भएको हो ।

आइतबार साँझ तिलोत्तमा नगरपालिका-६ गोरकटास्थित भित्री सडकमा लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल ठोक्किँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चार जना घाइते भएका छन् । उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्