Logo

मोटरसाइकल दुर्घटना हुँदा लामाको मृत्यु



मकवानपुर, १४ मंसिर । मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया-५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएराति धरान-चतरा सडक खण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २-०३-०१८ प २५५७ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो ।

दुर्घटनामा सख्त घाइते लामालाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याएको र उपचारका क्रममा आज उनको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्