Logo

मोटरसाइकल दुर्घटना हुँदा धनुषामा एक जनाको मृत्यु



धनुषा, १४ पुस । मोटरसाइकल दुर्घटना हुँदा धनुषामा बिहीवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमला नगरपालिका-८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

गिद्धादेखि यदुकोहा जाँदै गरेको बेला ठाकुरले चलाइरहेको मधेश प्रदेश २००६ प १८१९ नम्बरको मोटरसाइकल शहीदनगर नगरपालिका-६ हठीपुरमा दुर्घटना भएको हो । मोटरसाइकल वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडक खण्डको कल्भर्ट नजिकैकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्