म्याग्दी, १५ वैशाख । म्याग्दीको मालिका गाउँपालिका-६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका-५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।
किसानको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका-२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ ।