पाँचथर, ३ असार । पाँचथरको हिलिहाङ गाउँपालिका-७ अन्तर्गत मध्य पहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हिलिहाङ-४ का ३६ वर्षीय रमेश योङया रहेका पाँचथर प्रहरीले बताएको छ । योङयालाई शुक्रवार बिहान साढे ८ बजे लोकमार्ग अन्तर्गत एक्चेप्पा भिरमा अड्किएको अवस्थामा प्रहरीले भेटेको थियो ।
प्रहरीले उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्याउनासाथ डाक्टरले योङयालाई मृत घोषणा गरेको प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।