बुटवल, ३१ साउन । बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ ।
लु३६प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल–११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको बिहान ५ बजे निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए ।






