भारत, १ साउन । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।
मोदीसँगको भेटमा प्रचण्डले दुई देशबीचको आपसी सम्बन्धमा विषयमा कुराकानी गर्ने बताइएको छ ।
प्रचण्डको सचिवालयका अनुसार आज बिहान मोदीसँग ब्रेकफास्टसहित भेटवार्ताको तयारी छ । त्यसपछि प्रचण्डले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।







