विराटनगर, ५ जेठ । सम्पत्र स्थानीय तहको निर्वाचनमा पछिल्लो परिणामअनुसार मोरङको चार पालिकाको मत परिणाम सार्वजनिक भएको छ । केराबारी गाउँपालिका, सुनवर्षी र लेटाङ नगरपालिकामा नेकपा एमाले विजयी भएको छ भने जहदा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।
जहदा गाउँपालिका
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार जहदा गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्रप्रसाद साहले छ हजार ५०१ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका कैलाशप्रसाद मण्डल गनगाईंले चार हजार ४८ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका हन्ना सोरेनले पाँच हजार ५४५ मत प्राप्त गरी विजयी भएकी छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी गुलाबकुमारी महतोले तीन हजार ५१२ मत प्राप्त गरेकी छन् ।
सुनबर्षी नगरपालिका
सुनबर्षी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका श्यामप्रसाद राजवंशीले आठ हजार ६३९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यज्ञबहादुर कार्कीले छ हजार ९५२ मत ल्याएका छन् ।
उपप्रमुखमा नेकपा एमालेकी मीरादेवी दास केवरतले आठ हजार ३८३ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी विमलादेवी केवरतले सात हजार ४२७ मत प्राप्त गरेकी छन् ।
केराबारी गाउँपालिका
केराबारी गाउँपालिकामा अध्यक्ष पदमा नेकपा एमालेका सुमन मिरिङचिङ मगरले सात हजार ८१० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहितबहादुर कार्कीले छ हजार ३९० मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नेकपा एमालेका मनमाया मगरले सात हजार २६७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुभद्रा राईले छ हजार ४२८ मत प्राप्त गरेकी छन् ।
लेटाङ नगरपालिका
मोरङको लेटाङ नगरपालिकाका प्रमुखमा नेकपा एमालेका भुपेन्द्रकुमार लावतीले १० हजार २२७ मत प्राप्त गरी विजयी भएकी छ भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकालले आठ हजार १०५ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेकपा एमालेकी कृष्णकुमारी पोखरेलले नौ हजार ४६० मत प्राप्त गरी विजयी ुभएकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले चार ९०५ मत प्राप्त गरेका छन् ।