
मोरङ, ३० साउन । मोरङमा एक जना मृतवस्थामा फेला परेका छन् ।
बुढिगंगा गाउँपालिका-३ पोठियामा डेरागरी बस्ने भारत देवरिया उत्तर प्रदेश घर भएका मथुराप्रसाद रामको छोरा ६ वर्षीय अंकित राम कोठाबाट करिब १ सय मिटर टाढा रहेको पानीको खाल्डोमा मृतवस्थामा फेला परेका हुन् ।
उनी आइतबार दिउँसोदेखि बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त खाल्डोको पानीमा उनको शव फेला पारेको हो ।






