मोरङ, १६ पुस । मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जना बृद्धाको मृत्यु भएको छ । सोमवार दाउरा लिन जंङगल गएकी सुन्दरहरैचा नगरपालिका ५ गुरुङ टोलकी ६१ बर्षिया चन्द्रकुमारी लिम्बुको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
सोमवार दिउँसो दाउरा खोज्न जंङगल गएकी बृद्धा चन्द्रकुमारी राती अवेरसम्म घर नफर्किएपछि स्थानियले मंगलबार विहान प्रहरीको सहयोगमा जंङलमा खोजी गरेका थिए । खोजी गर्नेक्रममा बृद्ध जंगलभित्र मृत अवस्थामा फेला परेकी थिइन ।
बृद्धालाई हात्तीले किचेर मारेको प्रारम्भीक अनुसन्धानबाट प्रस्ट भएको र उनको शव परिक्षणका लागि अस्पताल पठाइएको मोरङ प्रहरी प्रवक्त्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो।