Logo

मोरङ कारागारमा कोरोना फैलियो, एक कैदीबन्दीको मृत्यु



विराटनगर, ३१ असार । कोरोना संक्रमणका कारण मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । केही दिनयता कैदीबन्दीमा ज्वरो आउने समस्या देखिएको थियो ।

कोसी अस्पतालमा उपचाररतमध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको कोसी अस्पतालले जनाएको छ ।

अहिले उक्त कारागारमा कोरोना फैलिएको छ । विराटनगर महानगरपालिका–८, हाटखोलास्थित कारागारका १९ कैदीबन्दीमा कोरोनाको लक्षण देखिएपछि एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले एन्टिजेन्ट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको र अब सबैको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्