मोरङ, ९ मंसिर । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका अमनलाल मोदी ३० हजार छ सय १२ मतसहित विजयी भएका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विनोद ढकालले २४ हजार चार सय ६३ मत प्राप्त गरेका हुन् ।
त्यसैगरी मोरङ ४ (ख) बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिसपर्धी नेकपा एमालेका जीवन घिमिरेले नौ हजार छ सय ९१ मत प्राप्त गरेका छन् ।







