Logo

मोहन बस्नेत जोडिएको टेरामक्स प्रकरण मुद्दामा विशेष अदालतद्वारा सर्वोच्चको आदेश माग



काठमाडौं, १३ पुष । टेरामक्स प्रणाली खरिदसम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतबाट जारी आदेशसम्बन्धी कागजात झिकाउन अभियोजन पक्षलाई निर्देशन दिएको छ। सो मुद्दामा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतलगायत संलग्न रहेको उल्लेख गरिएको छ।

आइतबार न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले नेपाल दूरसञ्चार प्राधिकरणले गरेको खरिद प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमध्ये रहेको आदेश मुद्दाको अध्ययनका लागि पेश गर्न माग गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत मन्त्री रहेका बेला टेरामक्स (ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम) खरिद प्रक्रियामा करिब ३ अर्ब २१ करोड ८३ लाख रुपैयाँबराबरको अनियमितता भएको दाबी गर्दै २०८१ जेठ १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

दूरसञ्चार प्राधिकरणले २०७६ वैशाख २० गते खरिद प्रक्रिया रद्द गरेको निर्णयपछि आपूर्तिकर्ता कम्पनी ‘भानराइज सोलुसन’ले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सोही रिटमा सर्वोच्चले २०७८ वैशाख १४ गते अन्तरिम आदेश जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्