Logo

मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता



काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार स्वर्गद्वारी गुठीका मोही किसानहरुले हलोजुवा र लालपूर्जासहित थालेको सडक आन्दोलनबारे ध्यानाकर्षण गराउन पुगेको दाङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सो क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले दाङमा मोही किसानहरुले गरिरहेको आन्दोलनबारे प्रधानमन्त्रीलाई जानकारी गराएकी थिइन् ।

दाङमा मोही किसानहरुले जग्गा प्राप्तिको माग गर्दै लामो समयदेखि आवाज उठाउँदै आएको र गएको हप्तादेखि सडक संघर्षमै उत्रिएको जानकारी गराउँदै मन्त्री शर्माले वार्ता समिति गठन गरेर संघर्षरत किसानका मागहरु टेबल गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेकी थिइन् ।

तीन पुस्तादेखि जग्गा जोत्दै आएको र मोही हक समेत कायम रहेको प्रमाण पूर्जा हुँदा पनि हालसम्म अधिकार नपाएको भन्दै मोही किसानहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्