काठमाडौँ, ६ साउन । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ ।
आज नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेर पारित गरेपछि दिउँसो मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंकले जनाएको छ ।
आज सार्वजनिक हुने मौद्रिक नीतिबारे राष्ट्र बैंकले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्व पौडेल, अर्थ सचिव मधुकुमार मरासिनी लगायतलाई ब्रिफिङ गरिसकेको छ ।