Logo

मौसम बदली: देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना



काठमाडौँ, २४ वैशाख । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ ।

यस्तै आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बेलुकातिर प्रदेश नम्बर एक, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्