Logo

म्याग्दीको महभिर गाउँ पहिरोको जोखिममा



फायल तस्बिर

म्याग्दी, १२ असोज । म्याग्दीको मालिका गाउँपालिका-४ महभिरको बस्ती पहिरोको जोखिममा परेको छ ।

बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुुगेको छ । वडा सदस्य गर्वे गुुरुङले काले कामी र तुलबहादुुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिए ।

“पहाडको फेदीबाट सुुरु भएको दुुई वटा पहिरो फेदीमा रहेको रितुुङखोला सम्म पुुगेको छ”, उनले भने, “ट्याङ्की, मुुहान र पाइपलाइनमा क्षति पुुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छ ।”

फूलबारी-महभिर-च्युरीबोट सडक अवरुद्ध भएको छ । पहिरोले गाउँको बिचमा ठूलाठुला खोल्सी बनाएको छ । खोल्सा छेउछाउको जमिन चिरा चिरा भएको छ । दुुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ ।

गत बुुधबार राति आएको पहिरोले तुुलबहादुरको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए । “हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियो”, तुलबहादुुर भने, “११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छौँ ।”

काले कामीले पहिरोले पुुरिएकोबाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताए । पूर्णदेवी घर्ती, सहबहादुुर घर्ती, सहबहादुुर सुुनार, लालबहादुुर कामी, तिलक कामी, गोेरे कामी, पोविसरा सुुनार, वीरबहादुुर कामी, मुक्तिराम सुुनार, कुुलप्रसाद घर्ती, भीमप्रसाद सुुनार, रहमन घर्ती र कुुमारी घर्तीको घर जोखिममा रहेका वडा सदस्य गुुरुङले बताएका हुन् ।

सो ठाउँमा गत हिउँदमा पनि सुुक्खा पहिरो खसेर एक वटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहीबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले निरिक्षण गरेका थिए ।

“पहिरोबाट घरवास गुुमाएकालाई जिल्ला प्रशासन कार्यालय मार्फत राहतको व्यवस्था हुुन्छ”, उनले भने, “घर पुुन: निर्माणका लागि तिनै तहका सरकारको साझेदारीमा रु पाँच लाखका दरले अनुुदान उपलब्ध गराउने व्यवस्था भएकाले सोहीअनुुसार सहयोग गर्छौं ।”

प्रतिक्रिया दिनुहोस्