Logo

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो



काठमाडौँ, २७ मंसिर । म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

खराब सिजनबाट गुज्रिरहेको युनाइटेड मंगलबार बायर्न म्युनिखसँग पराजित हुँदै युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

आफ्नै मैदान ओल्ड ट्रायफोर्डमा युनाइटेड १-० ले पराजित भएको छ । किङ्ग्सी कोमनले ७० औं मिनेटमा गरेको गोल नै बार्यनका लागि निर्णायक बन्यो । च्याम्पियन्स लिगको अघिल्लो चरण पुग्ने सम्भावनाका कायम राख्न समूह ‘ए’ मा युनाइटेडलाई यो खेल जितेर मात्र पुग्ने थिएन । अर्को खेलको नतिजामा निर्भर हुनुपर्ने थियो ।

त्यस्तै समूहको‌ अर्को खेलमा एफसी कोपनहेगनले गालातासारेलाई १-० ले हराएको छ । १६ अंक बटुलेको बायर्नसँगै उपविजेताका रुपमा कोपनहेगन नकआउट चरण पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्