बेलायत, १७ असोज । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराएको छ ।
घरेलु मैदान इतिहाडमा भएको खेलमा सिटीले युनाइटेडलाई ६-३ गोल अन्तरले हराएको हो ।
पहिलो हाफमा चार गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो । सिटीको जितमा इर्लिङ हाल्यान्ड र फिल फोडेनले ह्याट्रिक गरे । हाल्यान्डले खेलको ३४, ३७ र ६४ औँ मिनेटमा र फोडेनले ८, ४४ र ७२ औँ मिनेटमा गोल गरेका थिए ।
युनाइटेडका लागि खेलको ५६ औँ मिनेटमा एन्टोनीले गोल गरे । यस्तै एन्थोनी मार्सियलले खेलको ८६ औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए ।