Logo

म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन



काठमाडौँ, २१ जेठ । म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन बनेको छ ।

शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

सिटीका इल्केए गुन्डोगानले दुई गोल गरेका थिए भने युनाइटेडका ब्रुनो फर्नान्डेसले एक गोल फर्काए । वेम्बलीमा खेलको पहिलो मिनेटमा नै गुन्डोगानको गोलबाट सिटीले अग्रता बनाएको थियो ।

३३औँ मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गरी खेललाई १-१ गोलको बराबरीमा ल्याए । तर खेलको ५१औँ मिनेटमा गुन्डोगानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । त्यसपछि थप गोल हुन सकेन । सिटीको यो सिजनको दोस्रो उपाधि हो ।

प्रतिक्रिया दिनुहोस्